उच्च अंकले घट्यो सुनको मूल्य -Sutra News

उच्च अंकले घट्यो सुनको मूल्य 

आइतबार, २१ पौस २०८१

आइतबार, २१ पौस २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रवारको तुलनामा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।



मूल्य घटेसँगै आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । यसअघि शुक्रवार सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँ थियो ।

सुनको मूल्य तीन कारोबार दिनदेखि लगातार उकालोमा थियो । पुस १६ मा प्रतितोला १ लाख ४९ हजार ६ सय रहेको सुनको मूल्य लगातार वृद्धिका बिच शुक्रवारसम्म आउँदा ३९ सय रुपैयाँले बढ्दै १ लाख ५३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

लगातार वृद्धिका बिच आइतबारको गिरावटलाई करेक्सनको रूपमा लिन सकिन्छ । स्थानीय बजारमा पछिल्लो समय करिब सुनको मूल्यले उकालो ट्रेन्ड समातिरहेको छ ।

सुनको मूल्यमा गिरावट हुँदा आइतबार चाँदीको मूल्य भने स्थिर छ । लगातार केही दिनदेखि बढेको चाँदीको मूल्य आइतबार पनि शुक्रवारकै तुलनामा प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश २६४० डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट