माओवादी केन्द्रीय समिति बैठक- पूर्वउपराष्ट्रपति पुनको अगाडी उपाध्यक्षको ‘नेमप्लेट’-Sutra News

माओवादी केन्द्रीय समिति बैठक- पूर्वउपराष्ट्रपति पुनको अगाडी उपाध्यक्षको ‘नेमप्लेट’

आइतबार, २१ पौस २०८१

आइतबार, २१ पौस २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी भएका छन् ।



पूर्वउपराष्ट्रपति पुन बस्ने ठाउँअघि उपाध्यक्षको ‘नेमप्लेट’ राखिएको छ । उनी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै लहरमा बसेका छन् । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव अघिल्लो लहरमा बसेका छन् भने उपमहासचिवहरू पछिल्लो लहरमा छन् ।

पुनको माओवादीमा पुनरागमनको चर्चा चलिरहँदा केन्द्रीय बैठकमा देखिएको तस्वीरले पुनको पार्टीको स्थान सुनिश्चित गरेको देखिन्छ । बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट