जनप्रतिनिधिमा गाडी मोह : आफूले नपाउँदा अध्यक्ष चढ्ने गाडी उपाध्यक्षद्धारा तोडफोड-Sutra News

जनप्रतिनिधिमा गाडी मोह : आफूले नपाउँदा अध्यक्ष चढ्ने गाडी उपाध्यक्षद्धारा तोडफोड

आइतबार, २१ पौस २०८१

आइतबार, २१ पौस २०८१

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरुमा गाडी मोह रहँदै आएको छ । एकै पालिकामा प्रमुख/अध्यक्षले गाडी सुविधा पाइरहँदा उपप्रमुख/उपाध्यक्षले उक्त सुविधा नपाउँदा आन्तरिक द्धन्द रहँदै आएको छ ।



यसैबिच सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडि तोडफोड भएको छ ।

आइतबार उपाध्यक्ष गीता कुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी हुन् । बा २ झ ३६४३ नं को स्कारपियो ढुंगाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंहले आफैंले स्वीकार गरेकी छिन् ।

तोडफोडमा गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट