काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रदेखि प्रदेशसम्मका नेताहरूले अनिर्वाय रुपमा सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ।
आज(आइतबार)देखि काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रस्तुत गरेको ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पःआजको आवश्यकता’ शीर्षकको प्रतिवेदनमा केन्द्रदेखि प्रदेशसम्मका नेताहरूलाई सम्पत्ति विवरण बुझाउन भनिएको छ।
सम्पत्ति विवरण बुझाउन नेताहरूलाई फागुन १ गतेसम्मको समयसीमा पनि दिइएको छ।
आगामी निर्वाचनमा माओवादीले कुनै दलसंग गठबन्धन नगर्ने, आफ्नै चुनाव चिन्ह र एजेण्डामा एक्लै चुनाव लड्ने पनि प्रतिवेदनमा उल्लेख छ।