चन्दा र कमिशनमा रमाउनेलाई उत्पादन र श्रममा फर्काउनुको विकल्प छैन : प्रचण्ड-Sutra News

चन्दा र कमिशनमा रमाउनेलाई उत्पादन र श्रममा फर्काउनुको विकल्प छैन : प्रचण्ड

आइतबार, २१ पौस २०८१

आइतबार, २१ पौस २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता कार्यकर्तालाई चन्दा र कमिशनबाट उत्पादन र श्रममा फर्काउनुको विकल्प नरहेको बताएका छन् ।



माओवादी केन्द्रको आइतबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा बोल्दै प्रचण्डले चन्दा र कमिशनमा रमाउनेलाई अब उत्पादन र श्रममा जोड्ने गरी आगामी रणनीति तय गर्नेमा जोड दिएका छन् ।

पार्टीभित्र मौलाएको चरम व्यक्तिवादी अराजकताले पार्टी नेतृत्वलाई अप्ठ्यारो परिरहेको समेत उनले बताएका छन् ।

प्रचण्डले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा माओवादीले राखेको फरक मत संविधानसभामा दर्ज फरक मत नै संविधान संशोधनको बिषय बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट