रावल, पाण्डे र तिम्सिनामाथिको कारबाही केन्द्रीय कमिटीबाट अनुमोदन-Sutra News

रावल, पाण्डे र तिम्सिनामाथिको कारबाही केन्द्रीय कमिटीबाट अनुमोदन

आइतबार, २१ पौस २०८१

आइतबार, २१ पौस २०८१

काठमाडौं । आज(आइतबार)बाट काठमाडौंमा सुरु भएकोनेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ३ नेताहरुमाथिको कारबाहीलाई अनुमादेन गरेको छ।



गत पुस १० गते बसेको एमाले सचिवालयको बैठकले नेता भीम रावललाई पार्टीबाटै निस्कासन गर्ने र अन्य दुई नेताहरु विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनासम्मका लागि खोस्ने निर्णय गरेको थियो।

केन्द्रीय कमिटी बैठकबाट उक्त कारबाही अनुमोदन भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

गौतमका अनुसार बैठकले पछिल्लो १० महिनायता पार्टीले गरेका निर्णयहरू अनुमोदन भएका छन्। ‘पछिल्लो दश महिनाको अवधिमा पोलिटब्यूरो, केन्द्रीय सचिवालयले गरेका निर्णयहरू महासचिवले अनुमोदनको लागि प्रस्ताव गर्नुभयो। र, ती निर्णयहरू अनुमोदन भइसकेको छ,’ गौतमले भने।

एमालेले रावललाई पार्टीबाटै निष्कासित गरेको छ। पाण्डे र तिम्सिनालई भने ६ महिनाका लागि निलम्बन गरेको छ। यसकारण उनीहरू अहिलेको बैठकमा छैनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट