काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी महिला संघ, नेपालको पाँचथर जिल्ला समितिको अधिवेशन आइतबार सम्पन्न भएको छ । पाँचथर फिदिमस्थित अजिमा होटलको सभाहलमा आयोजित अधिवेशनबाट रेखा लावतीको अध्यक्षतामा ३४ सदस्यीय समिति निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षमा सीता लावती र कविता नेम्बाङ सचिवमा रोजा जवेगु, सहसचिवमा लक्ष्मी नेम्बाङ र कोषाध्यक्षमा विनिता इधिङ्गो निर्वाचित भएको पार्टीका पाँचथर जिल्ला उपाध्यक्ष कमल नेम्बाङले जानकारी दिएका छन् ।
पार्टीको केन्द्रीय सदस्य एवं निर्वाचन मण्डलको संयोजक ओममाया आङ्देम्बेले नवनिर्वाचित समितिको नाम घोषणा गरेकी थिइन । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आइतबार नै पद तथा गोपनियताको शपथग्रहण गराइएको बताइएकोे छ ।