काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी छ । आइतबारदेखि सुरु भएका दुवै दलका बैठकमा प्रस्तुत प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने क्रम जारी छ ।
एमालेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । जसमा आइतबार २७ जना केन्द्रीय सदस्यले धारणा राखेकामा आजदेखि बाँकीले धारणा राख्नेछन् ।
यता, माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गरेका छन् । साथै, बैठकमा प्रदेशको अवस्थाबारे प्रदेश अध्यक्षहरुले ब्रिफिङ गरेका छन् ।
जसमाथि आजदेखि केन्द्रीय समिति सदस्यहरुले धारणा राख्ने क्रम रहेको जनाइएको छ ।