तिव्र उतारचढावका बिच सुनचाँदीको मूल्य स्थिर-Sutra News

तिव्र उतारचढावका बिच सुनचाँदीको मूल्य स्थिर

सोमबार, २२ पौस २०८१

सोमबार, २२ पौस २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर छ । लगातार उतारचढावका बिच सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



महासंघले जनाएअनुसार आइतबारकै तुलनामा सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँका दरले सोमबार पनि किनबेच भइरहेको छ ।

बिहीबारको तुलनामा शुक्रबार तोलामै २ हजारले बढेको सुनको मूल्य शुक्रबारको तुलनामा आइतबार तोलामा १५ सय रुपैयाँले घटेको थियो ।

सुनको मूल्यमा भएको उतारचढावको शैलीलाई पछ्याउँदै सोमबार चाँदीको मूल्य पनि स्थिर छ । बुधबारदेखि केही उकालोमा रहेको चाँदीको मूल्यमा आइतबारदेखि नै घटबढ भएको छैन ।

बिहीबारको तुलनामा प्रतितोला २० रुपैयाँले बढ्दै शुक्रबार प्रतितोला १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य त्यसयता घटबढ भएको छैन ।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य भने केही डलरले घटेको छ । गोल्ड प्राइसको आधिकारिक साइटका अनुसार आज सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रति औंश २६३५ डलरमा किनबेच भइरहेको छ ।

विशेषगरी अन्तराष्ट्रिय बजारमा मूल्यमा हुने घटबढको प्रभाव स्थानीय बजारमा पर्ने गरेको छ ।

अमेरिकी चुनावको नतिजासँगै घटेको मूल्य पछिल्लो समय मध्यपूर्वमा द्वन्द्व बढ्दै गर्दा बढ्न थालेको छ । सँगै, अमेरिकी बैंकहरुले ब्याजदर घटाउँदा पनि विश्वभर सुनचाँदीको मूल्य प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट