विश्वको प्रतिष्ठित डान्स शो डब्लु.ओ.डी.अब नेपालमा-Sutra News

विश्वको प्रतिष्ठित डान्स शो डब्लु.ओ.डी.अब नेपालमा

सोमबार, २२ पौस २०८१

सोमबार, २२ पौस २०८१

काठमाडौं। अमेरिकासहित विश्वका २५ देशहरुमा हुदै आएको डान्सको चर्चित स्टेज वल्र्ड अफ डान्स (डब्लु.ओ.डी.)अब नेपालमा पनि हुने भएको छ । नृत्यमा भविष्य खोज्नेहरुका लागी उत्कृष्ट मानिने यस स्टेजको फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्टले नेपाल भित्राएको हो ।



वल्र्ड अफ डान्स नेपाल आगामी माघ २४ गते बिहीबार हुने आयोजकले जनाएको छ । आज (आइतबार) पत्रकार सम्मेलन गरि जुरी टिम, ट्रफिसँगै बिजेताले पाउने पुरस्कार लगायतका बिषयमा जानकारी गराइयो ।

यसमा देशैभरीबाट आवेदन परेका डान्सरहरुले बिभिन्न चरण पारगर्दै बिजेता बन्नेछन् । अहिलेसम्म डिजिटल अडिसनबाट तीनसय बढीको आवेदन परेको र छनौटको काम भइरहेको आयोजकले जनाएको छ । यो रियालिटी शो नभई एक डान्स कम्पिटिसन शो हो । जसमा डिजिटल, फिजिकल अडिसन पार गर्दै बिजेता छनौट गरिनेछ । बिजेता टिमले अमेरिकामा यहि २०२५ जुलाई १६ देखी जुलाई २१ सम्म आयोजना हुने वल्र्ड अफ डान्समा सहभागी जनाउन पाउनेछन् । जसमा २५ देशका बिजेताहरु बिच प्रतिस्पर्धा हुनेछ ।

यसमा सहभागी हुने टिमहरुलाई तीन डिभिजनमा राखिएको छ । पहिलो अपर टिम डिभिजन, यसमा जुनसुकै उमेर समुहका डान्सरले सहभागी लिन पाउनेछन् । साथै यसमा एकजना, दुईजना, तीनजना अथवा चारजनासम्मको एक टिम बनेर डान्स गर्न पाउनेछन् । दोस्रो सिनिअर टिम डिभिजन, यसमा १८ बर्ष भन्दा बढी उमेरका डान्सरले सहभागी हुन पाउनेछन् । तेस्रो जुनिअर टिम डिभिजन, यसमा १८ वा १८ बर्ष भन्दा मुनिका डान्सरहरुले सहभागी हुन पाउनेछन् । सहभागी तीन डिभिजनकै बिजेताले एक/एक लाख नगद पुरस्कार पाउनेछन् । यस्तै अमेरिकामा हुने डब्लु.ओ.डी.मा भने सिनिअर र जुनिअर टिम डिभिजनमा बिजेतासँगै दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले पनि सहभागी जनाउन पाउनेछ ।

सिनिअर टिम डिभिजन र सुनिअर टिम डिभिजनले मात्र अमेरिकामा हुने डब्लु.ओ.डी.मा सहभागी हुन पाउने पाउने प्रावधान रहेको शोका नेशनल डिरेक्टर रोशन गहतराजले जानकारी दिए । रोशनका अनुसार नेपालमा अहिलेसम्म नृत्यकै लागी भनेर यस्तो किसिमका शो नआएको र डब्लु.ओ.डी. नेपाल नृत्यमा भविष्य बनाउन चाहनेहरुका लागी उत्कृष्ट शो बन्नेमा विश्वास दिलाए ।

यस्तै आयोजक कम्पनी मण्डला इन्टरटेनमेन्टलेकी सिईओ सजिना तामाङले नेपालमा डब्लु.ओ.डी. जस्तो प्रतिष्ठित शोलाई नेपाल भित्राउन पाउँदा खुसी लागेको बताइन् । उनले नेपालबाट राम्रो डान्सर विश्वको ठुलो प्लेटफर्ममा पुगेर नेपाललाई चिनाउन लागेको भन्दै सम्पुर्ण प्रतियोगीहरुलाई शुभकामना दिइन् । शोको जुरी टिममा निशान गौचन, जेडी तमु र मुकेश ढकाल रहेका छन् ।

शोको इभेन्ट कन्सल्टेन्टको रुपमा अभिनेता प्रशान्त ताम्राकार रहेका छन् । प्रशान्तले पनि डान्सरहरुका लागी नेपालमा बल्ल उपयुक्त स्टेज आएको भन्दै सहभागीहरुलाई शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट