सम्पत्ति शुद्धीकरण मुद्दामा लिम्बूसहित तीन जना दोषी ठहर-Sutra News

सम्पत्ति शुद्धीकरण मुद्दामा लिम्बूसहित तीन जना दोषी ठहर

सोमबार, २२ पौस २०८१

सोमबार, २२ पौस २०८१

काठमाडौं । विशेष अदालत काठमाडौले सम्पत्ति शुद्धीकरण मुद्दामा सूर्य बहादुर लिम्बूसहित तीन जनालाई दोषी ठहर गरेको छ ।



विशेष अदालतका न्यायाधीशहरू टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रामबहादुर थापाको इजलासले तेजबहादुर भन्ने केदारप्रसाद गौतम, राजीव थापा भन्ने कृष्णहरि थापा र वसन्त राई भन्ने सूर्यबहादुर लिम्बूलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो ।

विशेषले गौतमलाई १३ करोड ९२ लाख ५० हजार बिगो, ८ वर्ष कैद र २७ करोड ८५ लाख जरिवाना, थापालाई १३ करोड ९२ लाख ५० हजार बिगो, ८ वर्ष कैद र २७ करोड ८५ लाख जरिवाना र लिम्बूलाई ६ करोड ८ लाख बिगो, ५ वर्ष कैद र १२ करोड १६ लाख जरिवाना हुने फैसला सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट