सात जिल्लाका सिडिओसहित १२ सहसचिव तथा उपसचिवको सरुवा-Sutra News

सात जिल्लाका सिडिओसहित १२ सहसचिव तथा उपसचिवको सरुवा

सोमबार, २२ पौस २०८१

सोमबार, २२ पौस २०८१

काठमाडौं । काठमाडौंलगायत सात जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) सहित १२ जना सहसचिव तथा उपसचिवहरूको सरुवा भएको छ ।



जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने सुनसरीका प्रजिअ रामचन्द्र तिवारी गृह मन्त्रालयमा आएका छन् । यस्तै गृह मन्त्रालयका सहसचिव गोगन बहादुर हमाललाई मिश्रको ठाउँमा कैलालीको प्रजिअ बनाई पठाइएको छ ।

यस्तै गृह मन्त्रालयका सहसचिव तुलसी बहादुर श्रेष्ठलाई सर्लाहीमा पदस्थतापन गरिएको छ । मोरङका प्रजिअ प्रेम प्रसाद भट्टराई र झापाका प्रजिअ बन्धु प्रसाद बास्तोलालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । त्यसैगरी गृह मन्त्रालयका सहसचिव इन्द्रदेव यादवलाई मोरङ, सर्लाहीका प्रजिअ गोपाल कुमार अधिकारीलाई झापा र काठमाडौँका प्रअिज जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी गृह मन्त्रालयमा सहसचिव ऋषिराम तिवारीलाई काठमाडौँको प्रजिअ बनाई पठाइएको छ भने जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी शावित्रा पुनलाई जिल्ला प्रशासन कार्यालय सल्यानको प्रजिअमा खटाइएको छ । र जिल्ला प्रशासन कार्यालय सल्यानका प्रजिअ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

पछिल्लो समय कतिपय राम्रो काम गरिरहेका प्रजिअहरुलाई ठिकै व्यवस्थापन गरिएको छ भने कतिपयको अवस्थामा भने केही अन्याय भएको अधिकारीहरूले बताई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट