पुसयता मात्रै नेपालमा गए १० वटा भूकम्प-Sutra News

पुसयता मात्रै नेपालमा गए १० वटा भूकम्प

मंगलबार, २३ पौस २०८१

मंगलबार, २३ पौस २०८१

काठमाडौं । मंगलबार बिहान ६ः५० बजे गएको भूकम्पले केन्द्रीय राजधानी काठमाडौंसहित मध्य र पूर्वी नेपालको धेरै भूभाग हल्लायो । भूकम्पले केही–केही ठाउँमा क्षति पुर्‍याएका विवरण आएका छन् । तर, मंगलबारको भूकम्पको केन्द्रबिन्दु नेपाल नभएर चीनको तिब्बत प्रान्तको दिङ्गगे काउन्टी रहेको छ ।



नेपालको सीमा क्षेत्रबाट भूकम्पको केन्द्र भएको स्थान १०० किमीभन्दा टाढाको दुरीमा पर्दछ । तर, भूकम्पको तिव्रता उच्च (७ रेक्टर स्केल) भएको कारण नेपालसम्म नै प्रभाव हुन पुग्यो ।

दिङ्गगे काउन्टी केन्द्रबिन्दु भएर गएको भूकम्पले नेपालमा ठूलो धक्का महसुस गरिँदा नेपालकै भूगोलभित्र केन्द्रबिन्दु बनाएर पनि निरन्तर भूकम्प गइरहेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएअनुसार पुसयता मात्रै नेपालभित्रै केन्द्रबिन्दु बनाएर १० वटा भूकम्प गएका छन् ।

पुस २ मा बझाङ केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो । योबिचमा सबैभन्दा ठूलो भूकम्प पुस ५ गते बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

अधिकांश भूकम्प पश्चिम नेपालको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएका छन् । तर, पछिल्ला दिनमा भने क्रमशः मध्य नेपालतर्फ पनि भूकम्प जान थालेका छन् ।

पुस १८ मा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुस १९ मा मनाङ केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । मनाङ केन्द्रबिन्दु भएर भूकम्प गएकै दिन मुगु केन्द्रबिन्दु भएर पनि ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

कहिले–कहिले गए भूकम्प ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट