काठमाडौं । स्थानीय बजारमा तीन दिनदेखि नै सुनको मूल्य स्थिर छ । शुक्रबारको तुलनामा आइतबार प्रतितोला १५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको सुनको मूल्यमा त्यसयता घटबढ भएको छैन ।
सोमबार र मंगलबार पनि आइतबारकै मूल्यअनुसार सुनको किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ । शुक्रबारको तुलनामा आइतबार बढेको चाँदीको मूल्य त्यसयता स्थिर थियो ।
यद्यपि, मंगलबार भने प्रतितोला २० रुपैयाँले बढेको महासंघले जनाएको छ । मूल्य बढेसँगै स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ८३० रुपैयाँ पुगेको छ ।
आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २६४३ डलरमा किनबेच भइरहेको छ ।