नेपाल लाइफ क्यापिटलको अध्यक्षमा लामिछाने चयन-Sutra News

नेपाल लाइफ क्यापिटलको अध्यक्षमा लामिछाने चयन

मंगलबार, २३ पौस २०८१

मंगलबार, २३ पौस २०८१

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारणसम्पन्न भएको छ ।



उक्त एघारौं वार्षिक साधारण सभाबाट आव २०८०–८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आव २०८१–८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको छ ।

संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेशकुमार अग्रवाल, अमितकुमार कयाल र प्रेमप्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट