काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जनकपुर र पर्सामा जारी जय ट्रफी पुरुष एलिट कप क्रिकेटअन्तर्गत आजबाट दुई खेल सुरु भइराखेको छ ।
पर्सामा मधेश प्रदेशविरुद्ध नेपाल पुलिस क्लबले टस जितेर पहिलो फिल्डिङ गर्दैछ । मधेशको कप्तानी हरिशंकर शाह र पुलिसको कप्तानी आरिफ शेखले गरिरहेका छन् । जनकपुरमा त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेशले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
आर्मीको कप्तानी विनोद भण्डारी र बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका छन् । यसअघि भएका खेलमा सबै टोलीले ‘ड्र’ खेलेका थिए । ४ टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।