काठमाडाैं । चीनको तिब्बत प्रान्तको दिङ्गगे काउन्टी केन्द्रबिन्दु बनाएर गएकाे भूकम्पमा परी मृत्यु हुनेकाे संख्या १२६ पुगेकाे छ । चीनकाे विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था ग्लाेबल टाइम्सले जनाएअनुसार मृत्यु हुनेकाे संख्या १२६ र घाइतेकाे संख्या १८८ पुगेकाे जनाएकाे छ ।
मंगलबार बिहान तिब्बतको दिङ्गगे काउन्टी केन्द्रबिन्दु बनाएर ७ रेक्टर स्केलकाे भूकम्प आएको थियाे । जसपश्चात पनि धेरै पटक परकम्पहरू गएका थिए ।
समाचार संस्था ग्लाेबल टाइम्सले जनाएअनुसार भूकम्पको केन्द्रविन्दुको ६१ हजार जनसंख्याकाे आवादी छ । भूकम्पकाे केन्द्रबिन्दु बनेकाे दिङ्गगे काउन्टीमा १,००० भन्दा बढी घरमा पूर्ण क्षति भएकाे ग्लाेबल टाइम्सले जनाएकाे छ ।
मंगलबार गएकाे भूकम्प ५ वर्षयताकै ठूलाे भएकाे पनि बताइएकाे छ । ५ वर्षकाे बिचमा यस्तै प्रकृतिका ३ वटा भूकम्प गएकाे सञ्चार माध्यमले जनाएका छन् ।
दिङ्गगे काउन्टी भएर गएकाे भूकम्पकाे झड्का नेपालमा पनि महसुस भएकाे थियाे ।