जसपा नेपालसम्बद्ध युवा, विद्यार्थी र पिछडावर्ग महासंघले राष्ट्रिय महाधिवेशन गर्ने-Sutra News

जसपा नेपालसम्बद्ध युवा, विद्यार्थी र पिछडावर्ग महासंघले राष्ट्रिय महाधिवेशन गर्ने

बुधबार, २४ पौस २०८१

बुधबार, २४ पौस २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले आवश्यक तयारी पूरा गरी २०८२ बैशाख मसान्तभित्र सम्पूर्ण भ्रातृसंगठनलाई राष्ट्रिय अधिवेशन गर्न निर्देशन दिएबमोजिम भ्रातृसंगठन तथा पेसागत संगठनहरु आ–आफ्नो संगठनको अधिवेशनको तयारीमा जुटेको बताएका हुन् ।



पार्टीसम्बद्ध समाजवादी युवा संघ नेपाल, पिछडावर्ग महासंघ र समाजवादी विद्यार्थी युनियन नेपालले राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेका छन् भने अन्य भ्रातृसंगठनहरुले पनि राष्ट्रिय अधिवेशनको तयारीलाई तीव्रता दिइरहेको बताइएको छ ।

जसअनुसार समाजवादी युवा संघ नेपाल केन्द्रीय समितिको आगामी २०८२ बैशाख १९ र २० गते वीरगञ्जमा राष्ट्रिय महाधिवेशन हुने भएको छ । त्यस्तै पिछडावर्ग महासंघकोे २०८२ बैशाख २५ गते गर्ने निर्णय गरेको छ । महाधिवेशनको थप तयारीको लागि संगठनले धनुषाको ढल्केबरमा आगामी माघ १० गते महासंघको केन्द्रीय समितिको बैठकसमेत आह्वान गरेको छ ।

त्यसैगरी समाजवादी विद्यार्थी युनियन नेपालको राष्ट्रिय महाधिवेशन लुम्बिनी प्रदेशको भैरहवामा २०८१ चैत्र ७ र ८ गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट