स्वर्णलक्ष्मी सहकारी प्रकरण : दुई जना धरौटीमा रिहा-Sutra News

स्वर्णलक्ष्मी सहकारी प्रकरण : दुई जना धरौटीमा रिहा

बुधबार, २४ पौस २०८१

बुधबार, २४ पौस २०८१

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा दुई जना प्रतिवादी धरौटी बुझाएर रिहा भएका छन्।



काठमाडौं जिल्ला अदालतको आदेश अनुसार दुई जना मंगलबार रिहा भएका हुन्। रिहा हुनेमा सहकारीको लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामा रहेका छन्।

लेखा समिति सदस्य सुनिता नेवाले चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका हुन। मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट