काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ५ प्रतिशत बोनस सेयर गर्ने भएको छ । बुधबार बसेको कम्पनीको चौबिसौं वार्षिक साधारणसभाले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आवको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
साथै आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ ।
आव २०८०/८१ मा ३३३ अर्ब निक्षेप र २५८ अर्ब रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ३९५ अर्ब रुपैयाँ रहेको छ । सो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।