काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदी बहिनी नै घरभित्र मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतका अनुसार बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदी बहिनी मृत अवस्थामा फेला परेका हुन् ।
उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको इन्सपेक्टर बस्नेतले जानकारी दिए ।
घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको इन्सपेक्टर बस्नेतले बताए । ‘घटना शंकास्पद देखिन्छ । कहिँ न कसैले केही गरेको हुनपर्छ । कसरी घटना भयो भन्नेबारे हामी अनुसन्धानमै छौं,’ उनले भने ।