आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

बिहिबार, २५ पौस २०८१

बिहिबार, २५ पौस २०८१

आज मिती २०८१ साल पुस महिनाको २५ गते बिहिबार तदनुसार जनवरी महीनाको ९ तारीख सन् २०२५, पुष शुक्ल पक्षको दशमी तिथी, आज बिहान ६ बजेर ५५ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ५ बजेर २६ मिनेटमा अस्ताउने छ ।



मेष राशी: तपाईको क्षेत्रमा सहयोगीहरू प्रशस्तै भेटिने हुनाले रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नुका साथै नयाँ कामको प्रस्ताव आउने हुनाले मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनुका साथै विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

बृष राशि: अप्ठ्यारो काम थाल्नाले दिनभरि दौडधुप गर्नुपर्ने हुनाले कामले खर्च बढाउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्ने हुनाले काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। आंशिक फाइदा भए पनि लाभांश अरूका लागि खर्चनुपर्ने तथा सरसापटमा रकम बाहिरिन सक्ने समय रहेको छ ।

मीथुन राशि: आम्दानी बढ्नाले उत्साह जाग्नुका साथै श्रमको उचित मूल्य पाइनुका साथै व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनाले पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत थप बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनुका साथै साझेदारीबाट पनि लाभ मिल्नेछ भने सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ।

कर्कट राशि: मेहनतले पदीय जिम्मेवारी दिलाउनुका साथै विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित रहनेछ भने प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नुका साथै मेहनतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ तथा भविष्यका लागि काममा जग बसाउने मौका रहेको छ।

सिंह राशि: अरूको सहयोगमा जुट्नुपरे पनि आजका दिन आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनका साथै मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनाका साथै कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्ने निकै उपयुक्त समय रहेको छ ।

कन्या राशि: काम बिग्रने भयले सताउनुका साथै न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहने तथा पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ने योग रहेको छ।

तुला राशी: आजको दिन निकै नै मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनाका साथै सोख पूरा हुनका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ने तथा आजको यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्ने तथा फजुल खर्च पनि बढ्न सक्ने समय रहेको छ।

बृश्चिक राशि: हिम्मतले काम बनाउन सकिने हुनाले यस अघिको उपलब्धिले काममा उत्साह जगाउनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अप्ठ्यारा काम पनि सम्पादन हुने हुनाले ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउलान्।

धनु राशि: सुखद समाचारले दिन उत्साहपूर्ण रहनुका साथै अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनुका साथै सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

मकर राशि: आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने तथा आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्ने तथा कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ भने नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा राेकिएकाे काम बनाउन सकिने समय छ।

कुम्भ राशि: प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनाका साथै छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनाका साथै लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुने तथा शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।

र, मिन राशि: तारिफयोग्य कामले चर्चामा ल्याउन सक्ने तथा मेहनतले सम्मानित स्थान दिलाउनेछ। पहिलेका कमजोरीलाई सुधार्ने माैका मिल्नुका साथै बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनाका साथै विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने समय छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट