बिहीबार पनि बढ्याे सुनचाँदीकाे मूल्य-Sutra News

बिहीबार पनि बढ्याे सुनचाँदीकाे मूल्य

बिहिबार, २५ पौस २०८१

बिहिबार, २५ पौस २०८१

काठमाडौं । स्थानीय बजारमा साताकाे पाचाैं काराेबार दिन (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। मंगलबारकाे तुलनामा बुधबार बढेकाे सुन–चाँदीको मूल्य बुधबारकाे तुलनामा बिहीबार पनि बढेकाे हाे ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

मूल्य बढेसँगै बिहीबार सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ५२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १० रूपैयाँले बढेकाे छ ।

बुधबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँ किनबेच भइरहेको महासंघले जनाएकाे छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट