प्रधानमन्त्री ओलीले सातबुँदे सहमतिको अपमान गरेको नेता केसीको आरोप-Sutra News

प्रधानमन्त्री ओलीले सातबुँदे सहमतिको अपमान गरेको नेता केसीको आरोप

बिहिबार, २५ पौस २०८१

बिहिबार, २५ पौस २०८१

काठमाडौं । संविधान संशोधनलाई मुख्य एजेण्डा बनाएर बनेको कांग्रेस एमालेको गठबन्धन सरकार संविधान संशोधनलाई नै लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर खटपट सुरु भएको छ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सातबुँदे सहमतिको अपमान गरेको बताएका छन्।



यसअघि गत पुस २३ गते प्रधानमन्त्री ओलीले संविधान संशोधन ०८७ सालमा मात्रै हुने बताएका थिए। जबकि, अहिले सत्तामा रहेका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गत असार १७ गते सत्ता गठबन्धन बनाउने सहमति हुँदा संविधान संशोधन मुख्य विषय थियो।

अहिले आएर प्रधानमन्त्री ओलीले संविधान संशोधनको भाका ५ वर्ष धकेल्दा कांग्रेस झस्किएको छ। यसका बारेमा कांग्रेस नेताहरूले एकपछि अर्को प्रतिक्रिया दिइरहेका छन्।

बिहीबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। ‘अहिले प्रधानमन्त्रीले संविधान संशोधन ०८७ मा गर्ने भनेर भन्नुभएको छ। म अप्ठ्यारो नमानी यो सातबुँदे सहमतिको अपमान हो भन्छु,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट