काठमाडौं । पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिन्डर बम भेटिएको छ । पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएको प्रहरीले जनाएको छ ।
राजमार्गमा गाडिएको अवस्थामा भेटिएको बम द्वन्द्वकालकै भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहैँचा– ७ को मालती पुल आसपास द्वन्द्वकालको बम रहेको सूचना आएको थियो । राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो ।