काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्तको थुनछेक बहसका अन्य प्रक्रिया पूरा भएपछि अहिले आदेश लेखन कार्य भइरहेको छ । अदालतको आदेशको पर्खाइमा आम मानिसको चासोको विषय बनेको छ आदेश रवि लामिछानेको पक्षमा रहला वा के होला भन्ने नै छ ।
सूर्यदर्शन सहकारी ठगीमा जोडिएका प्रतिवादीहरूमाथि जिल्ला सरकारी वकिलको कार्यालयले सरकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाएको छ । सोही मुद्दाको थुनछेक बहसका अन्य सम्पूर्ण प्रक्रिया पूरा भएपछि आदेश लेखनको काम चलिरहेको हो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले सरकारी वकिलको तर्फबाट जवाफी बहस भएपछि प्रतिवादीलाई बोलन समय दिएका थिए । त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले बाहिर रहेर सहकारीपीडितलाई न्याय दिलाउन पहल गर्ने भन्दै थुनाबाहिर रहेर पूर्पक्ष गर्ने आदेश दिन माग गरेका थिए ।