काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगीको आरोपमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ।
अब अदालतले माग गरेको धरौटी बुझाएमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी बाहेक अन्य पाँच जना रिहा हुनेछन्। रवि र छविको भने अन्य चार जिल्लामा पनि सहकारी ठगीकै मुद्दा रहेकाले तत्काल रिहा गरिनेछैन।
रवि लामिछानेसँग अदालतले ६५ लाख धरौटी माग गरेको छ । उनलाई भन्दा बढी पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
लिला पछाईलाई ३७ लाख, पूर्व प्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख, मीनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको छ।