काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएसंगै अदालतले धरौटी मागेअनुसार रास्वपाका सभापति रवि लामिछानेले बैंक ज्ञारेन्टी बुझाएका छन् । उनले धरौटी माग भए बराबरको बैंक ज्ञारेन्टी अदालतमा पेस गरेको प्रहरी स्रोतले बताएको छ ।
रास्वपाका सभापति लामिछाने सहकारी ठगी प्रकरणमा अहिले नै कसुरदार रहेछन् भन्ने मनासिब आधार नदेखिएपनि तत्कालको प्रमाणहरूबाट थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भएकाले अहिलेलाई धरौटीमा छाड्ने आदेश दिएको अदालतले जनाएको छ ।
सभापति लामिछाने आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने उनी निकटले जानकारी दिए ।