आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

शुक्रबार, २६ पौस २०८१

शुक्रबार, २६ पौस २०८१

आज मिती २०८१ साल पुस महिनाको २६ गते शुक्रबार तदनुसार जनवरी महीनाको १० तारीख सन् २०२५, पुष शुक्ल पक्षको एकादशी तिथी एवं पुत्रदा एकादशी ब्रत, आज बिहान ६ बजेर ५५ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ५ बजेर २७ मिनेटमा अस्ताउने छ ।



मेष राशी: परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नुका साथै माया प्रेममा नजिक हुने समय रहेको छ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा विभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरु बिस्तार गर्न सकिने हुनाले आजको दिन मन प्रशन्न रहनेछ ।

बृष राशि: हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ। काममा बाधा तथा दुःख दिनेहरु सक्रिय रहनेछन्। मान तथा सम्मानमा दाग लाग्न सक्ने सम्भावना रहेकोले काम गर्दा ध्यान दिनुहोला। व्यवसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्ने समय रहेको छ।

मीथुन राशि: बैक तथा वित्तिय क्षेत्रसँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्यक्तित्वहरु सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ समय रहेको छ ।

कर्कट राशि: आजको दिन नयाँ काम पाउने तथा जागिरमा बढुवाको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउने योग रहेको छ ।

सिंह राशि: तपाईको पराक्रम वृद्धि हुने समय रहेको छ । प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टामा पार्न सकिनेछ। व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनुका साथै पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले, मन प्रशन्न हुनेछ।

कन्या राशि: विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढि नै संघर्ष गर्नुपर्नेछ। मायाप्रेममा धोका हुन सक्ने समय रहेको छ । सन्तान तथा छोरा छोरीबाट तपाईंको काममा सहयोग नहुने तथा काममा सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ।

तुला राशी: आजको दिन निकै रमाईलो यात्रा हुनेछ भने भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तीको योग रहेको छ। व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ। मायाप्रेम तथा पति पत्नीबीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जाने समय रहेको छ।

बृश्चिक राशि: लामो समयदेखि थाँती रहेको आर्थिक मुद्दा हल भएर जानेछन् । लामो दूरीको विदेश यात्राको सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्य धन आर्जन गर्नुका साथै स्वदेश तथा विदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।

धनु राशि: समयको ख्याल नगर्दा कामहरु बिग्रने तथा दण्ड जरिवाना तिर्नुपर्ने परिस्थिति बन्न सक्ने भएकाले सचेत रहनुहोला । आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुन सक्छ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहने योग रहेको छ ।

मकर राशि: प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा समय दिन नसकिएला। अरूका काममा चासो लिँदा झमेला बेहोर्नुपर्ला। तापनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

कुम्भ राशि: ईमान्दारिता पुर्वक गरीएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । बित्तिय क्षेत्रसँग सम्वन्धीत कामहरु फस्टाएर जानेछन् भने चाहेको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ ।

र, मिन राशि: अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कलामा निखारता आउनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार