लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य-Sutra News

लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य

शुक्रबार, २६ पौस २०८१

शुक्रबार, २६ पौस २०८१

काठमाडाैं । स्थानीय बजारमा साताकाे अन्तिम काराेबार दिन (शुक्रबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। गत बुधबारदेखि उकालाेमा रहेको सुनको मूल्य यसदिन पनि बढेकाे हाे ।



नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबारकाे तुलनामा शुक्रबार सुनकाे मूल्य प्रतिताेला ८ सय रूपैयाँले बढेकाे छ ।

मूल्य बढेसँगै शुक्रबार सुनकाे मूल्य प्रतितोला एक लाख ५४ हजार एक सय रूपैयाँ पुगेकाे महासंघले जनाएकाे छ ।

यसअघि बुधबार प्रतितोला ५ सय रूपैयाँले बढेकाे सुनकाे मूल्य बिहीबार प्रतितोला ८ सय रूपैयाँले बढेकाे थियाे । जसअनुसार शुक्रबारकाे बृद्धिसँगै तीन दिनमै सुनकाे मूल्यमा २ हजार १ सय रूपैयाँले बृद्धि भएकाे छ ।

सुनकाे मूल्य बढिरहँदा शुक्रबार स्थानीय बजारमा चाँदीकाे मूल्य पनि बढेकाे महासंघले जनाएकाे छ । बिहीबारकाे तुलनामा प्रतिताेला ५ रूपैयाँले बढ्दै चाँदीकाे मूल्य स्थानीय बजारमा प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँ पुगेकाे छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनकाे मूल्य प्रतिऔंस २६ सय ७३ अमेरिकी डलर कायम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट