पुटिनसँग छिट्टै वार्ता गर्ने ट्रम्पकाे घाेषणा, भने– युद्ध अन्त्यकाे विकल्प छैन-Sutra News

पुटिनसँग छिट्टै वार्ता गर्ने ट्रम्पकाे घाेषणा, भने– युद्ध अन्त्यकाे विकल्प छैन

शुक्रबार, २६ पौस २०८१

शुक्रबार, २६ पौस २०८१

काठमाडाैं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छिट्टै वार्ता गर्ने घाेषणा गरेका छन् । सन् २०२२ को फेब्रुअरीदेखि रूसी आक्रमणको चपेटामा परेको युक्रेनमा शान्ति स्थापना गर्ने आफ्नो अभियानका क्रममा प्रतिबद्धता जनाएपछि उनले पदभार ग्रहण गर्नुभन्दा डेढ हप्ताअघि यस्तो अभिव्यक्ति दिएका हुन् ।



फ्लोरिडाको पाम बीचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको भेटमा ट्रम्पले भने, “उहाँ भेट्न चाहनुहुन्छ र हामी यसका लागि बन्दोबस्त गर्दैछौँ ।”

उनले रूस–युक्रेन युद्ध अन्त्य गर्नुकाे विकल्प नभएकाे बताएका छन् । ट्रम्पले अगाडि भनेका छन्, “राष्ट्रपति पुटिनले भेट्न चाहेको कुरा सार्वजनिक रूपमा पनि बताउनुभएको छ, हामीले रूस–युक्रेन युद्ध अन्त्य गर्नुपर्छ, यो एक रक्तरञ्जित घटना हो।”

ट्रम्पले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस प्रस्ताव भने सार्वजनिक गरेका छैनन् तर संयुक्त राज्य अमेरिकाले किएभलाई पठाएको ठूलो परिमाणको सैन्य सहायताको बारम्बार आलोचना गर्दै आएका छन् ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘सेल्सम्यान’को रूपमा खिल्ली उडाउँदै आएका छन् ।

राष्ट्रपति जो बाइडेनको नेतृत्वमा युक्रेनलाई पठाइएको ठूलो सैन्य सहायताको आलोचना गर्नुका साथै ट्रम्पले पश्चिमी सैन्य गठबन्धन नेटोमा अमेरिकाको निरन्तर संलग्नतामाथि शंका पनि व्यक्त गर्दै आएका छन् ।

बाइडेनको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिका युक्रेनको सबैभन्दा ठूलो युद्धकालीन समर्थक रहँदै आएको छ । फेब्रुअरी २०२२ देखि ६५ अर्ब डलरभन्दा बढीको सैन्य सहायता प्रदान गर्दै आएको छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट