प्रहरीले बुझायो सुप्रिम बचतको अनुसन्धान प्रतिवेदन, रवि पनि प्रतिवादी-Sutra News

प्रहरीले बुझायो सुप्रिम बचतको अनुसन्धान प्रतिवेदन, रवि पनि प्रतिवादी

शुक्रबार, २६ पौस २०८१

शुक्रबार, २६ पौस २०८१

काठमाडाैं । प्रहरीले सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाएको छ । इलाका प्रहरी कार्यालय बुटवलले बिहीबार सुप्रिम सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो।



जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी रन्जित सिंह राठौरले प्रहरीले बिहीबार नै मुद्दाको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिएका छन् । ‘प्रहरीले बिहीबार नै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ, सरकारी वकिलको कार्यालयले अध्ययन गरेर अदालतमा मुद्दा लैजान्छ,’ राठौरले भनेका छन् ।

लामिछाने जिल्ला अदालत कास्कीबाट बिहीबार नै ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।

सुप्रिम बचतमा प्रहरीले लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसमेतलाई प्रतिवादी बनाउन राय दिएको छ । सुप्रिमको रकम अपचलनमा लामिछाने र जाेशीसँगै दिपक लामा, अनन्तबहादुर राई, श्रीबल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल,भगवती बम्जन,विज्ञान राई,सुरक्षा अधिकारी,नरेश केसी र शिवबहादुर गुरुङ समेतलाई प्रतिवादी बनाउन राय दिएको प्रहरीले स्राेतले बताएकाे छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने कार्तिक २७ गते भैरहवास्थित सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका थिए। सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख बढी बचत रकम हिनामिना गरेको दाबी गर्दै गत वैशाख ३ गते लामिछाने सहित २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट