काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन आज बिहानैदेखि राजनैतिक भेटवार्तामा व्यस्त देखिएका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता गरेका लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटमा पनि पुगेका छन् । सिंहदरबारमा जारी बैठकमा अध्यक्ष लिङ्देनसँग प्रवक्ता मोहन श्रेष्ठ पनि सहभागी भएका छन्।
भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे आगामी दिनमा समान धारणा बनाउनमा वार्ता केन्द्रित रहेको जनाइएको छ। विपक्षी दलहरुले संसदको अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँने तयारी गरेका छन्।