मुलुक विभाजित भएको हामी हेर्न सक्दैनौ । हामीलाई सिङ्गो देश चाहिन्छ । हामी हाम्रो सार्वभौम राष्ट्रप्रति सधैं गौरवान्वित छौ। यो देश कहिले कसैको अधीनमा रहेन र त हामी हाम्रा पू्र्खा-जस्ले नेपाल देशको निर्माण गरे, ती प्रति सधैंव शिर झुकाउछौँ । शाहवंशको निरन्तरतामा क्रमभङ्गता आउनुलाई अब धेरै गम्भीरता पूर्वक लिइरहनु आवश्यक छैन, किनकि युग परिवर्तशिल छ।
मानव इतिहासमा सबै कुरा परिवर्तन हुँदै जान्छन । कहिलेकाही राष्ट्र निर्माणका प्रसङ्गमा कतिपय कुराहरू अपरिवर्तनीय हुँदा रहेछन। नेपालको सन्दर्भमा भन्नुपर्दा पृथ्वीनारायण शाहको नेपाल निर्माणको ऎतिहासिक कुरा अपरिवर्तनीय छन।
वि.सं. २०६२/०६३ को जनआन्दोलनले राजसत्तालाई बिदाइ गर्यो र एउटा बिरासतको क्रम टुट्यो । तर आज जुन धर्ती हाम्रो हो भनेर हामीलाई गर्व लाग्छ त्यस्को निर्माणकर्ता त कोहि न कोहि छ । तिनको आवश्यकता औचित्य र योगदान कहिले बिर्सिन सकिन्न र बिर्सने, कुल्चने, भुल्ने, इतिहास मेट्ने कसैले दुस प्रयास गर्छ भने नेपाल आमाप्रतिकै अपमान हो ।
पौष २७ को दिनले हामीलाई इतिहासमा फर्किन र सोच्न बाध्य बनाउँछ । राष्ट्र रहे पो हामी रहन्छौ, राष्ट्र नै नरहे हामी रहन्छौ कहाँ ? नेपाल रहेसम्म पृथ्वीनारायण शाह हामी बिच बाचिरहने छन् । पृथ्वीनारायण शाहको दिव्योपदेश नै कविता हो। तात्कालिक समयमा उनले भोगेका उनका दुरदर्शि सपनाहरूलाई समेटेर त्यो समयका कविहरुले कविता लेखेका छन।
नेपाली भाषाले लेख्यरुप कहिले देखि पायो भनेर मिति निर्धारण गर्ने हामीसँग ठोस प्रमाण नभए पनि त्यो युगमा प्रचलित लोकगीत, लोकगाथा, भजन, बालुन आदि नै कविताको प्रारूप थियो भन्ने कुराको प्रमाण हो। समाजका धेरै कुराहरू श्रुति परम्पराबाट एक युगबाट अर्को युगमा सर्छ। बेद पुराण पनि श्रुति परम्पराबाट लेख्री रूपमा बिकसित भएको हो।
लोकजीवनमा प्रचलित लोकगीत, लोकगाथा, गाउने र मनोरञ्जन गर्ने प्रचलनले नेपाली कविताको विकासमा मद्दत पुर्याएको हो । नेपाली सिर्जना र साहित्यको विकास अठारौँ शताब्दीबाट अझै विकसित भएको हो ।
नेपाली भाषामा फेला परेको अहिलेसम्मको पुरानो कविता धादिङका कवि सुवानन्द दासको ‘पृथ्वीनारायण (राजभक्तिकृत) हो । वीरगाथामा आधारित यो कविता वि.स. १८२५ आसपास रचना गरिएको मानिन्छ । सुवानन्द दासबाट थालिएको नेपाली कविता विकासक्रमले भक्ति धारा, शृङ्गारिक् धारा, शास्त्रीय-परिष्कारवादी धारा, स्वच्छन्दतावादी धारा, प्रयोगवादी धारा हुँदै समसामायिक युगिन धारासम्मको आजको बाटो तय गरिसकेको छ ।
प्रस्तुत छ, नेपाली भाषाकै प्रथम कविता – ‘पृथ्वीनारायण शाह (राजैभक्तिकृत)’ कविको आँखामा पृथ्वीनारायण शाह
………………….को कसार है
सजाई सपना भया …………….
का दरिसन विसेस्वरका पास है
पाँच………..वेगि दरिवार है
कम्मर कटारी भीरि ढाल तरवार है
ईस्वरको डोर लागि अब जाम्ला कासि है
ल… निसाना भया दौडि भया आसवारी है
काटी कुटी कटहर बट……….
……..कि चौकि तर उतरर्ला पार है
मध्य पठान बोली के कौन्या भाति
………..कौन्या आयो आदमि है
कहिये जो गंगा पुनि ………..
……प्रतापि राजा जो पृथ्वीनारायण साहि है ।
गंगामा जो डुबुल्की लिइ मणिकर्णिकामा अस्नान गरि
विसेस्वर जल ढाली कुसासन चौकि बसि
माथमा मण्डल छाई पिण्ड परधान है
तरपन……..कंचनको दान है
होम जग सतरुद्री दिया गजदान है
त्रिपटि ब्राह्मनलाई भोजन था…….
…….षाड पकवान्न है
वैठी राजै आफू सिंहासन खान्न पान है
कालु पाण्डे, भान्नु जैसी वाहुने नानी मन्तरि वोलाव है
वरथोकि भारदारि जेठा बुढा सरदारी
पाचइ परमेस्वरि सांराम उठावै है
भुमराको भेस गरि सुनई लुटाव है
छेत्रीको करम गरि पाप छुटाव है
कोटिलिङ कोटि टेकुकि ढोका छेकु
पशुपति पुजा गरि तव लाम्ला पाति है
पुरवकि षानि पनि नेपालकी सुनषानि
सर्वनरपुण्य दानी छुटि दान मान है
तनहुँले घट लुज्यो पालपाले मुटु मिज्यो
कस्केलि उदेषयो पर्वते विलषयो
छलियो पियुठानि है
अब जाउला निलकन्ठ सिमु क्षेत्र पसुपति
त्लाउ भैचन् वागमति गोकर्ण गुज्यास्वरि
विष्नुमति व्रत है
मध्यानकि मनोधरि सवेर अस्नान गरि
जल तिल कुस गरि कञ्चनकि झारि धरि
कवल पहुप सारि दुहु बाहुलि कर जोरि
तलेजु बुझाउ है
आजिपुत्र पारी जात्रा षंजिकमा महिक सुत
मात्र चनद गन्ध धुप दिपक नैवेद चढाव है
चौडंडिका साँध लागि हेटुडाको जगात षाइ
डिल्लीको मोहर ल्याइ नगर पाटन मिचिकन
रजाइ चलाव है
पुर्वको काम साँधि सुगुद सुवइ राधी
ज्यामिर बधुक साँधी देसको तारको बाजि
मर्दको महाराजि सुज्र्याकृर्णि जैस्व
राजै लिया रुप है
लहुरि नेपाल गइ दुदकोसि सााधलाई
ल्याया गजमोति है
झिल्लिमिल्लि तरवार विज्जुलिकी जोति है
गोकुल पुग्यो नुवाकोट कृष्ण अउतारि है
घानमा लाग्यो वान पन्ध्र सय गिंडा परे
बर बटि सति चले धेरै लामु डांडा है
नुहरि तुरहि बाजे भेरि तोप कर्णली है
झिना भाग करकाही फादा फादा लरकाही
देउघाट जाइ राजै माच मंसवार है
नेपालकी सिनकी लुटि मंरातको हिले भुटि
पाल्पाको ल्यउ हिंग जिरो रिसिंगको ल्याउ पिरो
तनहुँको भातसित भीर्काेटको दालसित
कञ्चन कटौरा भरि स्वर्णका थलिया भरि
अष्टदल चौकि बसी गंगाजल झारी भरी
पुरव मुहुडा गरि महाराजको जिउनार वनावा है
षानु साहि दाजुभाइ दरजनी मान है
खानु षाहि चित्त जोर तनहुका तंग तोडी
आफू त नेवा—या जाति बोल्छ त ललित पारि
आफु त गजमुकुटु तंरो ता बलियो मुटु
नाम रह्या गजानि धरम तपरे तरा भरलेते
नुगामा सन्ताप सह्या जिवको येकलो भया
धनको दुवलो भञा भोकको भोजनै नहिं
काम करुँ दाहि नाहिं वतयेको कर्म नाहिं
ठंडी सं वस्त्र नाहिं राजैभक्ति कृति जानि
लाउन्या सुवानन्द दास है :