काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कानुन मन्त्री र मुख्यसचिवसहित वरिष्ठ सरकारी अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शुक्रवार कानुनमन्त्री कानुन मन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटासहित प्रधानमन्त्री ओली राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।
राष्ट्रपतिसँगको भेटमा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यद्यपि कस्तो समसामयिक विषय भने हो भन्ने खुलाएको छैन । संसदको हिउँदे अधिवेशन बोलाउन विपक्षी दलहरूले माग गरिरहेका बेला प्रधानमन्त्री र राष्ट्रपतिबिचको भेटघाटलाई महत्वका साथ लिइएको छ ।
संसदको हिउँदे अधिवेशन बोलाउन आलटाल गरेपछि अध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दलहरू सशङ्कित बनेका छन् । विपक्षी दलहरू दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने तयारीमा छन् ।
आजै शुक्रवार साँझ सात बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।