काठमाडौं । पूर्वी नवलपरासीमा पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका– २ स्थित विनय खोलाको पुल भासिएको हो । पूर्वी नवलपरासीका एसपी यादव ढकालले पुल भासिएको जानकारी दिए ।
पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको छ । वैकल्पिक बाटोका बारेमा अहिले छलफल भइरहेको उनले बताए ।