नेपालबाट उडेको क्याथेको विमानमा खाना खाएका ३६ यात्रु बिरामी-Sutra News

नेपालबाट उडेको क्याथेको विमानमा खाना खाएका ३६ यात्रु बिरामी

शनिबार, २७ पौस २०८१

शनिबार, २७ पौस २०८१

काठमाडौं । नेपाल उडानका क्रममा हङकङको ध्वजावाहक क्याथे प्यासिफिकको विमानका यात्रु बिरामी भएपछि अनुसन्धान सुरू गरिएको छ ।



धेरैमा फुड पोइजनको समस्या देखिएपछि हङकङस्थित स्वास्थ्य अधिकारीहरूले उक्त विमानमा उपल्बध गराइएको खानाको अनुसन्धान थालेका हुन् ।

सेन्टर फर हेल्थ प्रोटेक्सनले शुक्रबार काठमाडौंबाट हङकङ पुगेका ३६ जना यात्रुमा फुड पोइजनिङको समस्या देखिएको बताएको छ । त्यसको विस्तृत अनुसन्धान थालिएको स्वास्थ्य अधकारीहरुले जनाएका छन् ।

एयरलाइन्सले पनि शुक्रबार साँझ माफी माग्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ । ‘यदि एयरलाइनको उडानको खानामा अखाद्य पदार्थ पत्ता लाग्यो भने हामी सत्य र पारदर्शी रूपमा रिपोर्ट गर्नेछौं र सबै आवश्यक सुधारात्मक कार्यहरू गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ।

कोरोनापछि उडान रोकेको क्याथेले ०७९ असोजमा नेपालमा पुन: उडान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट