७ करोड ठगेको आरोपमा एमाले नेता पक्राउ-Sutra News

७ करोड ठगेको आरोपमा एमाले नेता पक्राउ

शनिबार, २७ पौस २०८१

शनिबार, २७ पौस २०८१

काठमाडौं । जग्गा सम्बन्धी ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नम्बर ४ का पूर्व वडाअध्यक्ष पक्राउ परेका छन् ।



प्रहरीका अनुसार पूर्व वडाध्यक्ष ५८ वर्षीय मोहनबहादुर विष्ट शनिवार बिहान शंखपार्कबाट पक्राउ परेका हुन् । उनी नेकपा एमालेका तर्फबाट २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका थिए ।

विष्टसहित ३ जनाले धर्मस्थलीमा रहेको जग्गा दिन्छौँ भनेर बैना लएको तर, सो जग्गा अरूलाई नै बेचेर ठगेको आरोप छ । प्रहरीका अनुसार तारकेश्वर नगरपालिका वडा नम्बर ८ घर भएका राजेन्द्र कोइरालासँग उनीहरूले ७ करोड ८७ लाख बैना लिएका थिए ।

ठगीमा संलग्न तारकेश्वर ८ घर भएकी ५७ वर्षीया सुलोचना कँडेल, ४३ वर्षीया शान्ति पाठक र ५८ वर्षीय रबित विष्ट फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट