काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा हाजिर भएका हुन् ।
पुस २५ मा कास्कीबाट रिहा भएका लामिछाने शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो । तर, पोखराबाट काठमाडौं आउँदा साँझ परेकोले उनी आइतबार मात्र अदालतमा हाजिर भएका हुन् ।
कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटी बुझाएर रिहा गरेकाे थियाे ।
आज जिल्ला अदालत काठमाडाैंमा लामिछानेको बयान लिइनेछ । बयान पुरा भएपछि थुनछेक बहस सुरु हुने कानुनी व्यवस्था छ । थुनछेकपछि उनलाई रिहा गर्ने वा थुनामा पठाउने भन्ने आदेश हुनेछ ।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।