प्रिसेसनमै १६.५८ अंकले बढ्यो नेप्से-Sutra News

प्रिसेसनमै १६.५८ अंकले बढ्यो नेप्से

आइतबार, २८ पौस २०८१

आइतबार, २८ पौस २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको बृद्धि भएको छ । प्रिसेसनमा १६.५८ अंकले बढ्दै नेप्से २६५१.६७ को बिन्दुमा उक्लिएको छ ।



प्रिसेसनमा परिसूचकसँगै कारोबार रकममा पनि उच्च रह्यो । २७ हजार ५८६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड ७४ लाख ८५ हजार रुपैयाँको भयो ।

यो सेसनमा विशेषगरी बैंक र हाइड्रो क्षेत्रका कम्पनीको सेयर किनबेच भयो । कारोबारमा आएका ७० कम्पनीमध्ये ३९ को मूल्य बढ्दा २३ को मूल्य घट्यो भने ८ को बढ्यो ।
कारोबार रकमका आधारमा यो सेसनमा उपर हेवाखोला, सिनर्जी पावर, न्याग्दी ग्रुपलगायत शीर्ष स्थानमा रहे ।

लगातार ६ कारोबार दिनको बृद्धिपछि गत साताको अन्तिम कारोबार दिन (बिहीबार) नेप्से १८.१४ अंकले घटेको थियो ।

यद्यपि, बिहीबारको गिरावटपछि आइतबारको प्रिसेसनमा दोहोरो अंकले बढ्दै बजारले उत्साहको अवस्थालाई कायमै राखेको छ । प्रिसेसनको कारोबारले बजारमा उत्साहको माहोल भएको संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट