चाैथाे काराेबार दिन पनि बढ्याे सुनकाे मूल्य-Sutra News

चाैथाे काराेबार दिन पनि बढ्याे सुनकाे मूल्य

आइतबार, २८ पौस २०८१

आइतबार, २८ पौस २०८१

काठमाडौं । स्थानीय बजारमा साताकाे पहिलाे काराेबार दिन (आइतबार) पनि सुनकाे मूल्य बढेको छ। लगातार तीन काराेबार दिनदेखि बढेकाे सुनकाे मूल्य साताकाे पहिलाे काराेबार दिन पनि बढेकाे हाे ।



शुक्रबार प्रतितोला ८ सय रूपैयाँले बढेको सुनको मूल्य यसदिन प्रतितोला १ हजार ६ सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार मूल्य बढेसँगै आइतबार सुन प्रतितोला १ लाख ५५ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला १ लाख ५४ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो।

पुस २३ मा प्रतिताेला १ लाख ५२ हजार रूपैयाँमा किनबेच भएकाे सुनकाे मूल्य आइतबारसम्म आउँदा प्रतिताेला ३ हजार ७ सयले बृद्धि भएकाे छ ।

सुनकाे मूल्य बढ्दै गर्दा स्थानीय बजारमा चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार शुक्रबारकाे तुलनामा चाँदीकाे मूल्य प्रतितोला १५ रूपैयाँ बढेको हो।

मूल्य बढेसँगै आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट