रविको बयान जारी, आज बयान नसकिए हिरासतमा राखिने-Sutra News

रविको बयान जारी, आज बयान नसकिए हिरासतमा राखिने

आइतबार, २८ पौस २०८१

आइतबार, २८ पौस २०८१

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान जारी छ ।



आज बयान सकिएन भने लामिछाने हिरासतमा राखेर भोलि पुनः बयान लिइने अदालतका स्रेस्तेदार रामु शर्माले बताएका छन् । बयान सकियो र थुनछेकको बहस भयो भने न्यायाधीशको आदेशबमोजिम हुने उनले बताए ।

साँझ ५ बजेअघि बयान सकियो भने मात्रै आज थुनछेकको बहस हुनसक्ने उनले बताए । अन्यथा बाँकी काम भोलि गर्नुपर्ने भएकाले रविलाई हिरासत राखिनुपर्ने छ । ३९ जना प्रतिवादीमध्ये आज रविमात्रै उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट