बहुमतको सरकारले संसदलाई बन्धक बनाएर अध्यादेश ल्याउनु गलत : एनपी साउद-Sutra News

बहुमतको सरकारले संसदलाई बन्धक बनाएर अध्यादेश ल्याउनु गलत : एनपी साउद

आइतबार, २८ पौस २०८१

आइतबार, २८ पौस २०८१

काठमाडौं । संविधान संशोधनलाई लिएर सत्तारुढ दलहरुबिचमा असहमती पैदा भइरहेको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बैठकमा संविधान संशोधन ०८७ मा मात्र सम्भव हुने बताएपछि सत्तारुढ नेपाली कांग्रेस तरंगित बनेको छ ।



यसैबिच नेपाली कांग्रेसका नेता एनपी साउदले दुई तिहाई बहुमतको सरकारले अध्ययादेशमार्फत कानुन बनाउनु सकारात्मक पक्ष नभएको बताएका छन्। बुटवलमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै साउदले संसद छलेर अध्यादेशमार्फत गएका कुराहरूले स्थायीत्व दिन नसक्ने समेत बताए। बहुमत हुँदा पनि संसद बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको उनले बताए।

उनले अध्ययादेशमार्फत ल्याइएका विषयवस्तुमा बिपक्षी दलको पनि समर्थन हुने खालका विषय भएपनि संसदमा नलैजाँदा प्रश्न उठेको तर्क गरे। साउदले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरु नगरेको गुनासो गरे।

दुई दल बीचको न्युनतम साझा सहमति कार्यान्वयन नभएको गुनासो आइरहेको भन्दै पूर्ण पालना गर्न उनले सुझाव समेत दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट