काठमाडौं । आइतबार काठमाडौं उपत्यकासहित अधिकांश स्थानको मौसममा बदली भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ। सोहि प्रभावका कारण वर्षा हुने महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।