किन उच्च अंकले घट्यो सूचक र कारोबार ?-Sutra News

किन उच्च अंकले घट्यो सूचक र कारोबार ?

आइतबार, २८ पौस २०८१

आइतबार, २८ पौस २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको गिरावट आयो । आइतबार २५.४१ अंकले घट्दै नेप्से २६०९.६७ को बिन्दुमा ओर्लियो ।



उच्च अंकले सूचकमा गिरावट हुँदा कारोबार रकममा पनि भारी गिरावट आयो । ८० लाख २१ हजार कित्ता सेयर किनबेच हुादा कारोबार रकम ३ अर्ब ९९ करोड ९७ लाखमै सीमित भयो । जुन ९ कारोबार दिनयताकै कम कारोबार हो ।

यसअघि अंग्रेजी नयाँ वर्षको दिन ३ अर्ब हाराहारीमा कारोबार रकम सीमित भएको थियो । त्यसयता निरन्तर ४ अर्बमाथिको कारोबार हुँदै आएको थियो ।

आज सबैजसो समूहको सूचक घट्यो । सबैभन्दा बढी फाइनान्सको सूचक ३.६० प्रतिशतले घट्दा सबैभन्दा कम जीवन बीमाको सूचक ०.१२ प्रतिशतले घट्यो । आज कारोबारमा आएका २४३ कम्पनीमध्ये १९३ को मूल्य घट्दा ४४ को मात्रै मूल्य बढ्यो । ६ कम्पनीको मूल्य स्थिर बन्यो ।

यसअघि गत बिहीबार पनि नेप्से १८.१४ अंकले घटेको थियो । लगातार ६ कारोबार दिनको बृद्धिपछि बिहीबार र आइतबार नेप्से घटेको हो ।

यद्यपि, सूचक र कारोबार रकममा उच्च अंकको गिरावट हुँदै गर्दा लगानीकर्ता केही निराश देखिएका छन् । यसले बजारलाई फेरि २५ सयको बिन्दुमा फर्काउने त होइन भन्ने प्रश्न पनि उब्जाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट