अध्यादेशको बचाउमा ज्ञवाली, संसदको अधिकार कटौति नगरेको दाबी-Sutra News

अध्यादेशको बचाउमा ज्ञवाली, संसदको अधिकार कटौति नगरेको दाबी

आइतबार, २८ पौस २०८१

आइतबार, २८ पौस २०८१

काठमाडौं । सरकारले अध्यादेश ल्याउने भएपछि सत्तारुढ कांग्रेसका केही नेतादेखि प्रतिपक्ष दलले समेत त्यसको विरोध जनाइरहेको छ । यसैबिच नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले भने त्यसको बचाउ गरेका छन् ।



आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले कानुन बन्न लामो समय लाग्ने भएका कारण सरकारले अध्यादेश ल्याएको हुनसक्ने बताएका छन्। लामो समयसम्म कानुन नबनेका दृष्टान्तहरू रहेको बताउँदै अत्यावश्यक कानुन संशोधनका लागि अध्यादेश ल्याएको बताएका हुन्।

सत्तारुढ कांग्रेसभित्र बाटै सरकारको कदमप्रति असन्तुष्टि जनाइरहेका छन् । साथै प्रतिपक्ष दलले समेत सरकारले संसद चलाउन छोडेर अध्यादेश ल्याउन हतार गरेको भन्दै विरोध जनाइरहेका छन् ।

उक्त कार्यक्रममा उपमहासचिव ज्ञवालीले भने, हामी कहाँ कतिपय कानूनहरु बन्न तीन वर्ष, चार वर्ष लाग्ने गर्दछ। ५ वर्ष लाग्ने गरेको पीडादायिक अनुभव पनि व्यहोरेका छौं सहकारी पीडितहरु महिनौँदेखि लडिरहनुभएको छ। सडकमा हुनुहुन्छ। कतिले उपचार नपाएर ज्यान गुमाउनु परेको छ। अहिलेसम्म कमाएको पैसा सहकारीमा जम्मा गरेको हुनुहुन्छ। केही मान्छेहरुले अनियमितता गरे। रकम दुरुपयोग गरे। उहाँहरु सडकमा हुनुहुन्छ। हामीले एक वर्षपछि कानून न्याय बनाउँछौँ भनेर क्यान्सर पीडितले त पर्खिएर बस्न सक्दैन होला। त्यस्ता समस्या पर्दछन् भनेर नै संविधानले अध्यादेशको व्यवस्था गरेको होला ।

उनले संसदको अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने व्यवस्था संविधानमै रहेको पनि बताए।

अहिलेको सरकारले संविधानको धारा ११४ ले अध्यादेशहरुको व्यवस्था गरेको छ। सरकारले संसदको अधिवेशन नचलिरहेको बेला अध्यादेश ल्याउनसक्छ। त्यो चाहीँ पार्लियामेन्टको अधिकारलाई कटौति गरेको होइन सदनको पहिलो बैठकमै अध्यादेशहरु टेबुल हुन्छन् र यदी संसदले रिजेक्ट गर्‍यो भने विधेयक स्वतः निष्क्रिय हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट