काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैठौं साधारणसभाले बोनस शेयरको वितरणको प्रस्ताव पारित गरेको छ ।
आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७०/०८० को वितरण योग्य मुनाफाबाट पनि जीवन विकासले १४ प्रतिशत नै बोनस शेयर वितरण गरेको थियो ।
आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट पनि शेयर सदस्यहरूका लागि १४ प्रतिशत बोनस वितरण गरेको हो । साधारणसभाले लागि ०.७३६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । यो नगद लाभांश बोनस शेयरको कर प्रयोजनसमेतका लागि हो । जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ थियो ।
छैठौं साधारणसभाबाट १४ प्रतिशत अर्थात् १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ रुपैयाँ बोनस शेयर पारित भएपछि भएपछि जीवन विकासको चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ पुगेको छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेवा ३१ जिल्लामा पुगेको छ । यसअघि २४ जिल्लामा थियो । जीवन विकासको शाखा संख्या १६० रहेको छ ।