आज मिती २०८१ साल पुस महिनाको २९ गते सोमबार तदनुसार जनवरी महीनाको १३ तारीख सन् २०२५, पुष शुक्ल पक्षको पूर्णिमा तिथी एवं माघ स्नान तथा श्री स्वस्थानी ब्रतकथा आरम्भ हुने दिन, आज बिहान ६ बजेर ५५ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ५ बजेर २९ मिनेटमा अस्ताउने छ ।
मेष राशी: आजका दीन अवसर र चुनौती एकैसाथ देखा पर्ने समय छ। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुने तथा फाइदाको स्रोत पहिल्याउन सकिने योग देखिन्छ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइने समय रहेको छ।
बृष राशि: प्रष्ट बोल्ने तपाईको बानीले बित्थैमा संकट निम्त्याउने तथा अरूको आक्षेप सहनुपर्ने समय रहेको छ, घरेलु समस्याले निराश तुल्याउने सम्भावना रहेपनि व्यावहारिक समस्याका बाबजुद सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। तत्काल समस्या देखिए पनि पछिलाई फाइदा हुने काम सुरुवात गर्ने समय रहेको छ।
मीथुन राशि: आजको दीन प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। सामान्य उपलब्धि हातपार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्ने समय रहेको छ।
कर्कट राशि: बोलीको प्रभाव कमजाेर बन्नुका साथै चिताएको काम सम्पादन गर्न कठिन मेहनत गर्नुपर्ला। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। सहयोगीहरू अनायासै पन्छिन सक्ने तथा विवादास्पद काममा हातहाल्दा समस्या पर्ने देखिएकोले सावधानी अपनाउनु तपाईका लागी हितकर रहने छ।
सिंह राशि: आजको दीन तपाइले चाहेको कामना पूर्ण हुनुका साथै रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। केही समय लागे पनि लक्ष्यअनुसार काम सम्पादन सम्पन्न गर्न सकिनेछ । काममा विशेष अवसर प्राप्त हुने तथा पहिलेको सफलताले पनि हौसला जगाउने योग रहेको छ।
कन्या राशि: धेरै लगानी गर्दा कममात्र फाइदा हुने दीन रहेको छ। अर्थअभाव खट्किनाले चिताएको काम पूर्ण नहुने तथा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। वैदेशिक रोजगारीमा हुनेहरूलाई आजको दीन निकै लाभदायक रहेपनि खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनु पर्ने समय रहेको छ ।
तुला राशी: व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नुका साथै थोरै लगानीबाट पनि नाफा कमाउन सकिने समय रहेको । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले दिनभर तपाईको मन प्रसन्न रहनेछ। श्रमको उचित मूल्यांकन हुनुका साथै उठ्नुपर्ने रकम तत्काल हातलाग्ने सम्भावना रहेको छ ।
बृश्चिक राशि: पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्ने तथा समय र कामकाे तालमेल नहुँदा केही पछि परिनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्। उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्ने समय रहेको छ ।
धनु राशि: मेहनतले पदीय जिम्मेवारी दिलाउनुका साथै अवसरसँगै केही चुनौतीसमेत देखापर्ने समय रहेकाले होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले पनि दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको साथ–सहयोगले मात्र अप्ठ्यारा चुनौती पार लगाउन सकिने समय रहेको छ।
मकर राशि: नयाँ कामको अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान दिनुहोला गोपनीयता बाहिरिनाले समस्या पर्न सक्ने हुनाले सावधानी अपनाउनु निकै हितकर हुनेछ ।
कुम्भ राशि: शरीरमा कमजोरी अनुभूति हुने अधिक सम्भावना रहेकाले स्वास्थ्यका लागि खानपिनमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा काम थाल्न समय लाग्नेछ। तथापी मिहिनेत गर्दा सकारात्मक संकेत प्राप्त हुने योग रहेको छ।
र, मिन राशि: वादविवादमा अलमलिनुपर्दा महत्वपूर्ण काममा बाधा पुग्ने तथा स्वास्थ्य समस्या र शत्रुबाधा देखापर्ने हुँदा काम राेकिन सक्छ। तापनि मेहनतले उपलब्धि दिलाउनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। काममा व्यस्तता बढे पनि अरूले फाइदा उठाउने कोसिस गर्ने हुनाले सचेत रहनुहोला।