रविविरुद्धको मुद्दामा आज थुनछेक बहस हुँदै, के आउला आदेश ?-Sutra News

रविविरुद्धको मुद्दामा आज थुनछेक बहस हुँदै, के आउला आदेश ?

सोमबार, २९ पौस २०८१

सोमबार, २९ पौस २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेको मुद्दामा आज थुनछेक बहस सुरु हुने भएको छ ।



आइतबार बयान सकिएपछि आज थुनछेक बहस हुने भएको हो । हिजो थुनछेक बहस नहुँदा उनलाई हिरासतमा पठाइएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा आइतबार बयान सकिएपछि थुनछेक बहसका निम्ति जिल्ला सरकारी वकिललाई खबर गरिएको थियो । तर, सरकारी वकिलहरू ढिला गरी अदालत पुगेपछि बहस सुरु हुन सकेको थिएन ।

रविविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दर्ता गरिएको छ । स्वर्णलक्ष्मी सरकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट