काठमाडाैं । स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला १ हजार ६ सय रूपैयाँले बढेको सुनको मूल्य साेमबार प्रतितोला १ सय रूपैयाँले बढेको हो।
मूल्य बढेसँगै साेमबार स्थानीय बजारमा सुनकाे मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रूपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसअघि आइतबार सुन प्रतितोला १ लाख ५५ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।
सुनकाे मूल्य लगातार पाँच काराेबार दिनदेखि नै उकालाेमा छ । पछिल्लाे ५ काराेबार दिनकाे बिचमा सुनकाे मूल्यमा ३ हजार ८ सय रूपैयाँले बृद्धि भएकाे छ ।
पुस २३ मा प्रतिताेला १ लाख ५२ हजार रूपैयाँमा किनबेच भएकाे सुनकाे मूल्य साेमबारसम्म आउँदा प्रतिताेला १ लाख ५५ हजार ८ सय रूपैयाँ कायम भएकाे छ ।
सुनकाे मूल्य बढिरहँदा साेमबार चाँदीको मूल्य स्थिर भने छ ।
आइतबार प्रतितोला १ हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएकाे छ । यद्दपि पछिल्लाे पाँच काराेबार दिनकाे बिचमा भने चाँदीकाे मूल्यमा प्रतिताेला ३० रूपैयाँले बृद्धि भएकाे छ ।